Follow Through in Love

Image

‘Follow through- complete the act!’ my tennis coach yelled at me some umpteenth time, as the ball hopped out of the court. 

He explained- as important as it is making a good contact with the ball, it is to swing through, carry on the momentum- even after ball is already going in opposite direction- it will give the ball a proper direction and also your shoulder will hurt less.

 

Being in a relationship is wonderful for so many things. Flowers, sweet talks, wines, kisses and fights and everything. But as great as the things might look, it might not work out for stupid reasons. Love’s not a big factor. And unlike the cliche, love’s not enough. To live a life happily, there’s universe of other things that matter.

Thus, as an inevitable outcome, break ups happen- sometimes when you are still in love with the other person. And while love gradually wanes in magnitude, you can’t really stop caring about the other person- how’s she doing, is she okay? 

You want her to be happy. And until you make sure that’s happening- you follow through.

My follow through’s come to an end. Happy to see you happy, Darling!

In a dark alley Called Life

(This is a translation of a poem called- jivan ko andhyaro sadakma by my most favorite Bhupi Serchan)

Untitled

 

In this dark alley of life

Success,

is like a bicycle head light

at the end of a dynamo.

as long as I pace up,

with my foots on the pedal-

the bulb shines my road.

When I tire,

and my legs retire-

darkness comes front,

and barks.

 

तिमी आऊ

OLYMPUS DIGITAL CAMERA

 

__चिरायु रेग्मी

रंगिन बनेर आऊ, या रंगहीन बनेर आऊ

साधु बनेर आऊ, या संगीन बनेर आऊ,

संसार बनेर आऊ, या शून्य बनेर आऊ,

पाप बनेर आऊ, या पुण्य बनेर आऊ ।

 

भिरुले नमन गरेझै, घुंडा धसेर आऊ, या

मुर्मुराऊदै, कराउदै- मुठ्ठी कसेर आऊ,

काली न काली, महाकाली बनेर आऊ,

भयङ्कर  शक्तिशाली बनेर आऊ,

हुंकार गर्दै क्रुद्ध बनेर आऊ, या

चुपचाप बुद्ध बनेर आऊ,

तिमि शान्त शिला बनेर आउ, या

उन्मत्त लिला बनेर आउ।

 

औंसीको कालो बनेर आउ, या

एकदम उज्यालो बनेर आउ,

मुर्ख बनेर आउ, या

वाल्मिकी, वेद व्यास बनेर आउ,

एकनास मिलेको विन्यास बनेर आउ, या

केर मेर, अस्पस्ट अत्यास बनेर आउ।

 

आगतको आशा बनेर आउ, या

पाण्डवको पाशा बनेर आउ,

प्रश्न बनेर आउ, या तिमी

परिभाषा बनेर आउ।

 

कोलाहलमा आउ , कि समाधीमा आउ

पत्झर झै उड्दै तिमी,

आँधीमा आउ !

 

आकुल व्याकुल रातमा आउ, या

फूल लिई अन्जुलिमा,

प्रभातमा आउ।

झम्टिदै अंगालोमा बाँधिन आउ, या

थोरै टाढा बसेर मुस्कुराउ,

दृश्य बनि आउ तिमी , श्रव्य बनि आउ,

गुमराह यो ग्वालोको, गन्तव्य बनि आउ।

 

तिमी  आउ,

यो जीवन जगाउ !

 

 

Like something in my Diary

Except that, I don’t write a diary.

130320134663

I think keeping a diary is a way of conversing with oneself- much like soliloquy, but in a more elaborate fashion of course. Because, it is really difficult to find someone you could share everything with, who can understand you, and wouldn’t judge you for the absurd things in your head. Someone who could feel you. So people befriend themselves- they keep diary, and pour themselves totally onto it.

This life, I am 25 years old. I’ve lived one third of my life already. I’ve been a good son, good brother and a bad boyfriend so far. I’ve been a good student- now I’m a medical doctor, I earn good money, I enjoy my work, but I am not satisfied. My aspirations are different.  But I am so busy doing my job, I don’t have any time left for doing what I’ve always dreamed of doing. And this realisation that I am letting my dreams die out is making me depressed- its like a train honking out of the station- the train I should catch, but I am too frozen to move, maybe little scared to abandon my comfy little place- uncertain of where the train’d take me. Nevertheless, I know in my heart that’s my  train.

Nepal’s seriously wronged, by its corrupt incompetent leaders, and by its ignorant, reluctant citizens. I live in a country where there’s load shedding 12 hours a day, kids read in darkness- kids, that we call future of our nation. Well, since this is supposed to be a diary-like I’m not going to repeat everything that’s wrong with my country- can’t bore myself- but in the back of my head, I know, what my country is while what it could have been. I want to make things better. I know I can. And its something I always wanted to do.

Divine intervention- these two words I pick from Dan Brown’s novel. Though it turned out to be something else in the fiction, I like the idea- some out of the world power manifesting somehow to show us the right direction. Not in the magnitude of miracles, but I believe God(?) expresses himself in small things- subtle clues. There are things that have happened in my life that I happily remember as God listening to me- I decided that with a fine reasoning.

But then, it was not just God. It was me actually, that worked hard, that smiled, that persisted, that used brains, common sense, sweet talks- that solved the problems.. I tend to be careless when I depend on God, weak, dependent type. Its like not doing homework and going to school hoping, praying that the strict school teacher wouldn’t come. Sometimes, he didn’t- but most of the times he did. God won’t pick you up everytime you fall. What happens to you, is mostly the consequence of what you do.

 

So I decide, most of my disappointment is due to my inaction, my failure to do all the things I mean to do. I’ve been into difficult situations due to my doing something, but my regrets are more for those times when I didn’t do.

Carpe Diem!

नेपालीको रगतमा के छ?

test tube

चिकित्सकको नाताले प्रत्येक दिन धेरै बिरामीहरुको रगतलाई नियालेर हेर्नु पर्छ- कति चिनी, कति चर्बी या कुनै जीवाणु, इत्यादी। मान्छे किन बिरामी पर्यो भनेर थाह पाउन प्राय हामी रगत जाँच  गर्न लगाउछौँ र रिपोर्टमा पाएको तथ्यलाई आधार मानेर उपचार गर्छौँ ।

राजनीतिक अस्थिरता, आर्थिक मन्दी, दण्डहीनता, असुरक्षा, ठप्प विकास निर्माण- यी सबै देशलाई सन्चो छैन भन्ने संकेतहरु हुन्। धेरै दिनदेखि थला परेको देश- हाम्रो नेपाल र हामी नेपालीको रगतमा के छ भनेर एकछिन गौंढ गरौ, किनभने राष्ट्रिय रोगको ठोस उपचार न अहिलेसम्मको कुनै ’परम्परागत’ पद्दतिले गर्यो, न त ’बन झाँक्री’ को ओखातिले नै बिसेक गर्यो । अब नाडी छामेर  उपचार खोज्नु पर्छ, आत्तिएर हुदैन, तातिएर हुदैन, पद र प्रभावले मात्तिएर त झन् हुदै हुदैन । नेपाली समाजको इतिहास, यसको बनावट र चरित्रलाई  नजिकबाट नियाल्ने हो भने धेरै कुराको जवाफ पाउन सकिन्छ।

सम्पूर्ण  भारत मुगल साम्राज्यद्वारा शासित थियो, तीन शताब्दी। बाबुरको सेनाले जित्नु भन्दा अघि पनि, भारतका हिन्दुहरुले लगातार अरबी, तुर्की र पर्सियन मुसलमान सेनाहरुको आक्रमण खप्नु परेको थियो। यो समयमा त्यहाँका ठुला मन्दिरहारु भत्काईए, माटोमा मिलाईए, धेरै हिन्दुहरु मरिए, आइमाईहरु लुटिए – र यो क्रम तबसम्म चलिरह्यो, जबसम्म उनीहरुले आफ्नो आस्था र सभ्यतालाई मुगल चरणमा अर्पण गरेनन । तक्श्यशिलाको आगोमा हिन्दुहरुको औतिज्य धेरै दिनसम्म जलीरह्यो । त्यसपछि आएका फिरंगीहरुले बरु यिनीहरुलाई राहत दिए- धार्मिक स्वतन्त्रता पाउने देखेर  भारतीय हिन्दुहरुले एककिसिमको ’मुक्ति’ महसुस गरे, र धेरै ठाउँमा स्वागत पनि गरे । त्यसैले दुइ शताब्दीसम्म ’ब्रिटिश राज’ मजैले चल्यो। तर धेरै समयसम्म औपनिवेशिकताको उकुसमुकुस र अमेरिका/अफ्रिका मा चलेको स्वतन्त्रताको हावा यता  पनि लाग्यो, र भेदभाव, असमानताले भुक्त  भारतीय उपमहदेशले स्वाधिनता खोज्यो, र पायो पनि । यसरि त्यो बेलाको भारतका जनताले  चरणबद्ध रुपमा धार्मिक, सांस्कृतिक, सामाजिक र आर्थिक शोषण भोग्नु पर्यो, जसले गर्दा त्यताका जनतामा राजनीतिक चेतना, परिपक्वता पैदा गरेको छ। जति अनपढ भए पनि, तिनीहरुलाई सहि र गलतको पहिचान छ, र अन्यायको बिरुद्धमा आवाज उठाउनु पर्छ, मौनता दासताको श्रोत हो भान्ने बुझेका छन्। ’७१ को बंगलादेशको रक्तरान्जित इतिहास जसमा लाखौं मान्छे मारिए, र त्यस अघिको पाकिस्तानि आत्यचारले पनि त्यहाँका बीस करोड बंगालीलाई यहि पाठ सिकाएको छ। यो त्यहि चेतना हो जुन संसारभरि बर्गीय बितृष्णाले हेपिएर/खेदिएर यहुदीहरुले आफुमा बिकसित गरेका छन्- जसको रापमा सेकिएर उनीहरु आज धेरै सम्पन्न र शक्तिशाली भए।

नेपालीले यस्तो केहि भोग्नु परेन, त्यसैले त  नेपाल धनी बाबुको पुल्पुलिएको छोरो जस्तै  हो- नेपालीले सहि अर्थमा ’दुख’ कहिलै गर्नु परेन। स्वाधीनता सुखी चिज हो, र संसारका प्रत्येक सुखले जस्तै, यसले नेपाली जनतालाई लाटो बनाएको छ, कमजोर बनाएको छ। यहाँका जनता चलाख  भएनन्, भविष्यलाई हेरेर हिसाब किताब गर्न, गलत कुरालाई गालत भन्न, बिरोध गर्न,  एकजुट हुन- यिनले जानेका छैनन् । नेपालीको मनमा भय र संकोच छ, किनभने उसलाई कतै बिरोध गरें भने आफूले पाइआएको सुख सुबिधा खोसिएला कि भन्ने डर छ। यो संकोचको श्रोत के हो भने, स्वाधीनता इत्यादी ऊसले आर्जेको होइन, उसले पाई आएको हो, जसमा बिजयको तिलक छैन, छ त केवल मेहेरवानीको मोहोर। त्यसैले ऊ सकभर चुप लगेर बस्न रुचाउछ।

दार्जेलीङलाई हेरौं, त्यहाँ बस्ने प्रबासी नेपालीहरुलाई। पारिजातदेखि वांग्देलसम्म, अरुणादेखि अनुराधासम्म, पत्रकार/ कलाकार, ककारभिट्टादेखि काठमाडौँ हुदैँ कंचनपुरसम्मका बोर्डिंगका अब्बल मस्टरहरु- किन संख्यामा थोरै भएर पनि यी दार्जेलीङका हाम्रा गोत्यारहरुले यति धेरै विधाहरु ओगटेका छन/ चम्केका छन्  अनि आफु र नेपाललाई पनि समृद्ध बनाएका छन्? किनभने त्यहि  नेपाली नेपालमा र सिमनापारिको त्यो जिल्लामा एकदम भिन्नै किसिमले हुर्क्यो बढ्यो- यता हुने खानेले दुख गर्दै गरेनन, बसी बसी बौद्धिक र दार्शनिक चिन्तनसम्म पनि गरेनन, र जो गरिब थिए, तिनले गरिबीलाई नै नियति ठानेर हुने खनेको भरण पोषणमै जीवन यापन गरिदिए। यसरि ’हुने’ र नहुने’हरु दुवै एक आपसमा संतुस्ता भएर बसे, निस्क्रिय। उता दार्जेलीङमा कामको चटारो हुँदो हो, यसै त परदेश, त्यसमाथि बंगाली र केहि बिहारीको प्रतिस्पर्धा, के काम गर्ने, कसरि कमाउने, कसरी आफुलाई काबिल बनाउने, सीप, ज्ञान,  कला, कौशल,- कसरि यो बिदेशमा आफु नेपालीहरुको गरिमा र पहिचानलाई  उच्च राख्ने- यस्तै प्रश्नहरुको उत्तर खोज्दै गर्दा बनेका होलान ठूला ठूला कविहरु, कलाकार, समाजसेवी,रंगकर्मी र मलाई म्याथ पढाउने श्याम सर लगायत नेपाल देश भित्रकै अनमोल हिस्साहरु । जब देश भित्रका नेपालीहरु अझै तँ  यो जात, म यो जात भन्दै राजनीति गरिरहेका छन्, उताका नेपाली दशैमा मस्त दौरा सुरवाल लगाउछन्, पुषमा उत्साहका साथ भानु जयन्ति मनाउछन् । के नेवार, के लिम्बु, के क्षेत्री,के बाहुन, उता नेपाली हुन काफी छ ।

यो उदाहरण ’नेपाली’ जाति फरक परिवेश र वातावरणमा कसरि एकदम वेग्लै किसिमले बिकसित हुन्छ भन्नलाई हो।

अब राम्रो कुरा पनि गरौँ । नेपालीको विशेषता के हो भने नेपाली बीर  थिए तर रक्तपिपासु थिएनन्, कहिले  भएनन्। नेपालीको मिजास ठण्डा छ, सरल छ जिन्दगि,मिलेर बस्न चाहन्छन्। उदाहरण- नेपालकै जस्तो जनसंख्या भएको देश, क्याम्बोडियामा दश वर्ष जनयुद्ध हुँदा २० लाख मान्छे मारिए । उस्तै जनसंख्या भएको अफ्रिकी मुलुक सुडानको द्वन्दमा त्यो भन्दा पनि बढिले ज्यान गुमाए।  नेपालमा पनि जनयुद्धको आगो पुरा एक दशकसम्म दन्कियो, सारा देश धेर थोर प्रभावित भयो, तर तथ्यांकलाई हेर्ने हो भने (केवल उदाहरणको खातिर, जनयुद्धमा मारिएका प्रत्येक मान्छेप्रति मेरो श्रद्धा छ, र मृत्युलाई अंकमा अनुवाद गर्न हुँदैन) नेपालमा १४ हजारले ज्यान गुमाए। भन्न खोजेको के भन्दा नेपालीले हिंसामा विश्वास गर्दैन- नेपाली सदभाव र शान्तिमा विश्वास गर्छ । नत्र संसारको कुनै कुनामा, टाउकोको मूल्य तोक्ने र तोकिएका टाउकाहरुले मिलेर शासनसत्ताको प्रजातान्त्रिक हनालुच गरेको उदहारण छ? गजब छ हाम्रो मानसिकता- अघि उल्लेख गरेको राजनीतिक अपरिपक्वताको शायद सुखद बाई -प्रडक्ट । हामी कट्टर छैनौ, अंग्रेजीमा भने जस्तै हामी ’कुल’ छौ, बिन्दास छौ। त्यसैले त हामी माओबादीलाई, एमाले र कांग्रेस जस्तै ’राजनीति’ गर्ने भए किन तेत्रो मान्छे मर्नु परेको भनेर पनि सोध्दैनौ, किनभने हामीलाई  लाग्छ त्यस्तो प्रश्नाहरुले बखेडा झिक्न सक्छ। आखिर, सत्य भन्दा ’शान्ति’ प्यारो हो, हामीलाई औलाको टुप्पोमा तराजु अड्याउने अभ्यास जो छ।

अमेरिका लगायत अरु पश्चिमी मुलुकहरु तेस्रो लिंगी र उनीहरु आपसको विवाहको सवालमा डरलाग्दोसँग विभाजित रहँदा, जुन देशले त्यो कुरालाई निर्बिरोध स्विकार्छ, त्यो देशलाई पक्कै उदार मान्न सकिन्छ। नेपालमा जातीयताको नाममा राजनीति गर्ने जुन लहड चलेको छ, त्यो गलत कुरा हो, त्यसको कुनै गतिलो आधार छैन । मैले नेपाली समाजमा केहि भेदभाव छैन भनेको होइन, तर जे जति छ भेदभाव, त्यसको स्थिति नाजुक छ र  धेरै दिनसम्म रहनेवाला छैन- त्यसलाई अतिरन्जित गर्नु हुँदैन, किनभने यथार्थ यो हो कि एउटा नेपालीले अर्को नेपालीलाई हेर्दा आफु सरह नै देख्छ। जातियतालाई राजनीतिकरण गरेर आफ्नो निहित स्वार्थलाई परिपोषण गर्ने नेताहरुले यो कुरा बुझ्न जरुरि छ। उनीहरूकोलागि  यो राजनीतिक ’सर्ट कट’ जस्तो लाग्ला, तर यो घातक कदम हो।

हामी किताब पढ़दैनौ, संसार/सिस्टम बुझ्ने प्रयत्न पनि गर्दैनौ- हाम्रो मनासिकतामा गहिराई छैन, देश प्रेम छ भन्छौ, छ पनि कता कता, तर  यो माया देखाउन हामीलाई आउदैन। हामिलाई  लाग्छ देश नेताहरुको जिम्मेवारी हो, र देशको दुर्दशाकालागि नेताहरुलाई खुब गालि पनि गर्छौ , तर यो बुझ्दैनौ कि नेताहरु हाम्रै उपज हुन्। हामी  कान नछामी कागको पछि दगुर्छौ, अरुबाट पारिचालित/प्रयोग हुन्छौ, आपसमा झगडा गर्छौ।  हामी केहि गर्नु अघि नै ’नाइँ, के होला र!’ भनेर हिच्किचाउछौ र हामी केहि गर्दै नगरी बस्छौ। हामी आफुले नै आफुलाई चिनेका छैनौ, कति प्रतिभा छ हामीसँग,कति सामर्थ। हामी निराशाबादी छौ, हामी आफुमा बिश्वास गर्दैनौ, आफुले गर्न सक्ने ठुला ठुला कुराहरुमा।

हामी लहड़े  छौ, दिलदार पनि। हाम्रो लहडले प्रशान्त तामांग ’इन्डियन आइडल’ बने, अनुराधालाई पनि सीएनएन हिरो बनाउन हामीले खुब समर्थन गर्यौ, अहिले पुष्पाको पालो। मन खोलेर रबिन्द्र मिश्रलाई सहयोग गर्छौ पनि, र चलेको चलन अनुसार केहि ’सहयोग’ गरेर आफ्नो देशप्रतिको दायित्व पुरा भएको महसुस गर्छौ। तर देशकोलागि गर्नु पर्ने र हामीले गर्न सक्ने अरु धेरै छ। हो, हामीहरु पक्कै काबिल छौ, र नेपाल साँच्चै महान बन्न सक्छ, र यहाँका जनता सुखी र समृद्ध। त्यो कसरि गर्ने भनेर विचार गर्नु नै जनताको पहिलो गृहकार्य हो।

 

-चिरायु रेग्मी

उज्यालो र आकर्षण

 

 

रातमा उज्यालोतिर किराहरुको आकर्षण देखेर,

उसले सराप्दै भन्यो-

‘कस्ता  साला किराहरु!’

 

 

उसलाई किराहरुसँग  किन रीस थियो कुन्नि?

ती शायेद चेतना शुन्य किराहरुसँग ,

एकोहोरो, एकनास हावामा वृत बनाउदै

उज्यालोलाई परिक्रमा गर्ने किराहरुसँग,

उसको भागको उज्यालो अलिकति छेकेकोले होला कि ?

ऊ पनि त उज्यालोको लोभी नै रहेछ।

 

 

एउटा भन्दा अर्को नजिक,

सामिप्यमा बत्तिको

ठोक्कीदैं  बल्ब को दिवारमा कहिले,

आगोको उज्यालो भए त-

त्यसैमा जल्दै कोहि कोहि,

एउटाको ठाउँ अर्कोले

खोसी हाल्ने तुरुन्तै- किराहरु सँग ?

आफु जस्तै लागेर  हो कि ?

ऊ पनि त इर्ष्याले जल्छ  कहिले कहिले,

रीसले झोकिन्छ, अहंकारले बज्रिन्छ

जमिनमा ठोकिन्छ कहिले कहिले।

 

 

बत्ति निभे पछि राति,

किराहरु खै कता जानछन् ?

पट्ट्यार लाग्दो क्यार क्यार त सुनिन्छ रातभर-

उसलाई त्यसमा पनि रिस उठ्छ,

अनि मुर्मुरैदै निदाउँछ,

बिहान आँखा मिच्दै उठ्दा,

हफिजुल कुचो लिएर आइपुग्छ,

बंगाली- जो ऊ  त्यति बुझ्दैन- मा

खै के गुन  गुनौउदै हफिजुलले बढार्छ,

कासिंगर- जसको ठुलो अंश,

किराहरु भुइँमा मरेका,

या हिजो रातिको स्खलनले शिथिल

मस्त सुतेका-

मलाई थाहा छैन,

हफिजुल्ले  बढार्छ - वास्ता नगरी।

बिहान हुने बित्तिकै,

 

 

मान्छेहरु उठ्छन् - सबेरै,

अनि खै कसको हो वरिपरी,

एकोहोरो, एकनास घुमीरहन्छन

क्यार क्यार गरिरहन्छन

पट्ट्यार लाग्दो, घिन लाग्दो- दिनभरी।

 

 

अंध्यारोमा बरु जुनकिरी उज्यालो बोकेर,

आफू कत्ति नजलिकन,

निस्किन्छ कुनै,

अविदितको यात्रामा।

 __चिरायु रेग्मी

पागल

जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !

म शब्दलाई देख्दछु !
दृश्यलाई सुन्दछु !
बास्नालाई स्वाद लिन्छु !
आकाशभन्दा पातला कुरालाई छुन्छु !
ती कुरा
जसको अस्तित्व लोक मान्दैन
जसको आकार संसार जान्दैन !
म देख्दछु ढुङ्गालाई फूल !
जब जल-किनारका जल-चिप्ला ती
कोमलाकार पाषाण
चाँदनीमा
स्वर्गको जादूगर्नी मतिर हाँस्दा
पत्रिएर नर्मिएर झल्किएर
बल्किएर उठ्दछन् मूक पागलझैं
फूल झैं एक किसिमका चकोर-फूल !
म बोल्दछु तिनसँग जस्तो बोल्दछन् ती मसँग
एक भाषा साथी !
जो लेखिन्न छापिन्न बोलिन्न
बुझाइन्न सुनाइन्न !
जुनेली गङ्गा-किनार छाल आउँछ तिनको भाषा
साथी ! छालछाल !
जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !

तिमी चतुर छा बाचाल
तिम्रो शुद्ध गणित-सूत्र हरहमेशा चलिरहेको छ
एकै बाँकी रहन्छ !
तिमी पाँच इन्द्रियले काम गर्छौ
म छैटौँले !
तिम्रो गिदी छ साथी !
मेरो मुटु !
तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ
म उसमा हेलेन र पद्यिनी पाउँछु
तिमी बलिया गद्य छौ !
म तरल पद्य छु !
तिमी जम्दछौ जब म पग्दन्छु
तिमी सङ्लन्छौ जब म धमिलो बन्छु
र ठीक त्यसैको उल्टो !
तिम्रो संसार ठोस छ !
मेरो बाफ !
तिम्रो बाक्लो मेरो पातलो ! तिम्रो सुनको र हीराको !
तिमी पहाडलाई लाटा भन्दछौ
म भन्छु वाचाल !
जरुर साथी !
मेरो एक नशा ढीलो छ ।
यस्तै छ मेरो हाल !

म माघको ठण्डीमा
ताराको सेतो प्राथमिक राप तापेर
बसिरहेको थिएँ
दुनियाँले मलाई तरतरङ्गी भने !
भस्मेश्वरबाट फर्कदा सात दिन
टोह्लाएको देखेर
भूत लागेको भने !
एक सुन्दरीका केशमा
समयका तुषाराको
पहिला छिर्का परेको देखेर
म तीन दिन रुँदा
मेरो आत्मालाई बुद्धले छुँदा
मलाई छटाएको भने !
मैले वसन्तको पहिलो कोकिल सुनेर
नाचेको देख्दा
बहुला भने !
एक सूनसान औंसीले मलाई निशास भएर
म प्रलय-वेदनाले उफ्रें !
मूर्खहरुले मलाई त्यस बेला ठिङ्गुरा हालेर राखे !
म तूफानसँग एक दिन गीत गाउन थालेको थिएँ
मलाई बुज्रुगहरुले
राँची पठाइदिए !
म आफूलाई एक दिन मरेको सम्झेर
लम्पसार थिएँ
एक साथीले बेसरी चिमटिदिए
र भने “ए पागल तेरो मासु अझ मरेको छैन !”
यस्ता कुरा भए साल साल !
पागल छु साथी !
यस्तै छ मेरो हाल !

मैले नवाबको मदिरालाई खून भनेको छु
छिमेकी रण्डीलाई लाश भनेको छु !
राजालाई गरीब
सिकन्दरलाई मैले गाली दिएको छु !
महात्मा भनाउँदाको निन्दा गरेको छु !
नगण्य व्यक्तिलाई तर
सातौं आसमानसम्म
तारीफको पुलमा चढाएको छु
तिम्रा महापण्डित मेरो महामूर्ख !
तिम्रो स्वर्ग मेरो नरक !
तिम्रो सुन मेरो फलाम
साथी ! तिम्रो धर्म मेरो पाप !
जहाँ तिमी आफूलाई चलाक सम्झन्छौ
उहाँ म देख्छु तिमीलाई बिलकुल लाटा !
तिम्रो उन्नति मेरो अवनति
यस्तै छ मोलमोलाइको उलट-पलट
साथी !
तिम्रो विश्व मेरो बाल !
जरुर साथी ! म बिलकुल चन्द्राहत छु
चन्द्राहत
यस्तै छ मेरो हाल !

म अन्धालाई दुनियाँको अगुवा देख्दछु
गुफा-तपस्वीलाई भगुवा देख्दछु
मिथ्याका माच चढेकालाई
काला नटुवा देख्दछु !
विफललाई सफल देख्दछु !
प्रगतिलाई अगति देख्दछु !
या हुँला मै ऐँचाताना !
या हुँला मै दीवाना !
साथी ! मै दीवाना !

निर्लज्ज नेतृत्वको नीरस रसनाको
रण्डीको नाच हेर !
जन-अधिकारको डँडाल्नोको भाँच हेर !
जब भँगेर-टाउके छापाको कालो मिथ्याले
मेरो विवेक-वीरलाई
जाली झुठले ललकार्छ
तब हुन्छन् मेरा गाला राता साथी !
सल्केको गोलझैं राता !
जब निमुखा दुनियाँ कालो जहर पिउँदछ
पिउँछ कानले
र अमृत भनिठानेर
र मेरा आँखाअगाडि साथी !
तब हुन्छन् ठाडा मेरा रौं रौं
गर्गनका सर्पकेश झैं मेरा जिस्क्याइएका
रौं रौं !
जब बाघले मृग खान आँटेको देख्छु साथी !
या ठूलो माछाले सानो
तब मेरा मर्काएका हड्डीमा पनि दधीचिको आत्माको
भयङ्कर बल पसेर बोल्न खोज्दछ साथी !
तब कडकडकउँछन् मेरा बत्तीस दन्ते बङ्गारा
दुवै !
जस्तो भीमसेनका दाँत !
अनि
प्रकोपको लाल-लाल आँखाका डल्ला
फनक्क घुमाएर एक डबलले म
यो अमानवको मानवजगत्लाई
एक आगोको लप्काले झैं हेर्दछु साथी !
अपि्रुन्छन् मेरा कलपुर्जा
खलत्रल खलबल !
तूफान हुन्छ मेरो सास !
विकृत हुन्छ मेरो चेहरा !
बन्दछ मेरो दिमाग साथी !
बडवानलझैं बडवानलझैं !
म वन खाने आगो झैं बहुला हुन्छु !
बहुला साथी !
काँचै निलूँ झैं विश्वविशाल !
जरुर साथी !
म सुन्दर-चकोर असुन्दर-फोर !
कोमल-क्रूर
चिडिया स्वर्गाग्नि-चोर
तूफान-पुत्र !
पागल ज्वालमुखीको उद्गार
भयङ्कर व्यक्तित्वपाल !
जरुर साथी !
सन्के मगज छु सन्के !
यस्तै छ मेरो हाल !

महाकवि लक्ष्मीप्रसाद देवकोटा

(आज उनको १०४ औं जन्म जयन्ती, जय होस् कवि तिम्रो ! )