स्वास्थ्य र समाजवाद

Image

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाको न्यूयोर्क शहरमा आतंककारी हमला भयो । ट्वीन टावर क्षणभरमै धराशायी भए र भग्नावशेषमा हजारौं मानिसहरु फसेका थिए । त्यही बेला अमेरिकी जनता स्वतस्फूर्तरुपमा अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्न होमिए– त्यो संकटको धु‘वा धुलोको कत्ति पर्वाह नगरी । तर त्यही प्रदूषण र दुर्घटनाको चपेटाले कालान्तरमा धेरैलाई स्वास प्रश्वाससम्बन्धी समस्या एवं मानसिक तनाव (PTSD) ले प्रभावित ग¥यो । उनीहरु आफ्ना देशका अस्पतालमा गए, उपचारका लागि । तर आफूलाई जोखिमयुक्त वातावरणमा स्वेक्षाले राखेको भन्दै त्यहॉका इन्सुरेन्स कम्पनीले उनीहरुको उपचार खर्च गर्न मानेनन् । आफै पैसा तिरेर उपचार गर्न एउटा मध्यम वर्गीय नागरिकलाई अमेरिकामा असम्भव प्रायः हुन्छ । त्यहॉ स्वास्थ्य विमाको चलन छ ।
उनीहरु डुंगा चढेर समुद्रको बाटो हु‘दै क्यूवा झरे । त्यहॉका हेर्दा सामान्य झै लाग्ने क्लिनिकमा नाम र उमेर मात्र सोधेर निकै सस्तोमा उपचार गरियो र घर फर्किदा अलि दिन पुग्ने औषधिसमेत लिएर फर्किए ।

आजको युगमा दुई नितान्त अलग दर्शनहरु पू‘जीवाद र समाजवादको द्वन्द्व छ । अमेरिका पू‘जीवादको द्योतक हो भने क्यूवा आधुनिक समाजवादको सीमास्तम्भ हो । दुबैले आफ्नै किसिमले प्रगति गरेका छन्– आर्थिक, सामाजिक, सैन्य–विभिन्न पहलहरु होलान् तर त्यहॉका जनताले कति सुख
सुविधा पाएका छन् भन्ने कुराको एउटा कसी स्वास्थ्य सेवा हो र त्यसमा निःसन्देह क्यूवा अगाडि छ ।

हाम्रो देशमा प्रत्येक चुनावमा कम्युनिष्ट भोट बढी खस्छ । त्यो फरक कुरा हो कि उनीहरु कहिले माले एमाले बनेर हार्छन्, कहिले एमाले र माओवादी बनेर हार्छन् । फलस्वरुप आम नेपालीमा शायद जन्मसिद्धरुपले विकसित ‘समाजवादी’ भावनालाई कदर गर्न असमर्थ हुन्छन्- पानीले भरिएर पनि लोटा चुहिएर एउटा पियासु अतृप्त भएजस्तै । मैले ‘जन्मसिद्ध’ र ‘भावना’ भनें किनकि त्यो नेपालमा छरपस्ट भएका वामपन्थी दलहरुले शिक्षा र जागरणको अनवरत प्रयासले विकसित भएको चेतना होइन, बरु समानता र एकरुपताको प्रकृतिपरक स्वभावले प्रादुर्भाव भएको फगत एउटा सुषुप्त भावना हो । जुन भावनाले न माक्र्सवाद सुन्न पाएको छ, न पू‘जीवाद केलाउन पाएको छ । अल्छी कम्युनिष्टहरुको निस्क्रियता, भ्रष्ट बामहरुको दुराचार र उग्रवादीहरुको नरसंहारमा परेर त्यो भावना एकाकार भएर चेतनामा विकसित हुन पनि पाउ‘दैन । त्यो अमूर्त भावनाले न अन्याय र अव्यवस्थालाई पहिचान गर्न सक्छ, न त्यसको विरुद्ध
आवाज नै उठाउन सक्छ । त्यो त चूपचाप सहन्छ– १२ घण्टाको अन्धकार, पानीदेखि पेट्रोलसम्मको हाहाकार, आर्थिक मन्दी, शिक्षण संस्थाको तालाबन्दी, अड्डा अदालतमा निर्लज्ज भ्रष्टाचार, बेरोजगारी, महंगी र अपराध ।
त्यसैले त यहॉका कम्युनिष्ट भनाउ‘दा सत्तासीन पार्टीका केन्द्रीय नेता निजी मेडिकल कलेजका निम्ति खुलेआम लविङ् गर्छन् समाजवादको खोल ओढेको पू‘जीवादी ब्वॉसोले जस्तै । म निजी मेडिकल कलेज र निजी अस्पतालको खिलाफ होइन– उनीहरुले पनि आफ्नो किसिमले सेवा दिएकै छन्, तर एउटा कम्युनिष्ट कहलिएको व्यक्तिबाट स्वास्थ्य जस्तो आधारभूत कुरामा यति निजीकरण र नाफामुखी उद्देश्य निसंकोच व्यक्त हुनु दुःखलाग्दो कुरा हो । चिकित्सकजस्तो अहोरात्र खटिएर विरामीको सेवा गर्ने पेशा पैसा तिरेर पढ्ने कुरै होइन, त्यो पनि लाखौं । यसमा विद्यार्थीको क्रयशक्ति भन्दा पनि सेवाको भावना मुख्य हुनुपर्ने तर बिडम्बना नेपालमा सरकारी मेडिकल कलेज एउटा मात्रै छ । फलस्वरुप परोपकार र सेवाको भावना भएका जेहेनदार र काविल विद्यार्थीहरु पनि स्नातक तहमा लाखौं र स्नातकोत्तर तहमा करोडौंसम्मको मूल्य तिरेर पढ्न वाध्य छन् । यसरी स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा उत्पादन हुने जनशक्ति क्षमताको आधारमा नभई खर्च गर्ने औकातका आधारमा तयार हुन्छ । स्नातक तहमा अपुग र स्नातकोत्तर तहमा शून्य प्रायः छात्रवृत्तिको व्यवस्थाले गर्दा अध्ययनमा शिक्षा र सीपभन्दा स्रोत मुख्य हुन पुगेको छ ।
जब पैसा, त्यो पनि धेरै, तिरेर अध्ययन गरिन्छ, सेवामा पनि व्यापारीकरण बढ्छ । एकातिर चलाख व्यापारीले खोलेका निजी क्लिनिक र नर्सिङ होम, अर्कातिर ठूलो लगानी गरेर बनेका चिकित्सक/स्वास्थ्यकर्मीहरु, अनि कसरी हुन्छ स्वास्थ्य सेवा सस्तो र सर्वसुलभ ? नेपालको समग्र स्वास्थ्य क्षेत्रको सबैभन्दा ठूलो कमजोरी भनेको सरकारले कहिलै नेतृत्वदायी भूमिका निर्वाह गर्न सकेन । उसले आफ्ना जिम्मेवारीहरु, विशेष गरी अध्ययन अध्यापन, निजी क्षेत्रको जिम्मामा छोडिदियो र लगानीकर्ताहरुलाई यो राम्रो अवसर भयो । संसारमै आज स्वास्थ्य सेवा ठूलो व्यवसाय बनेको छ– औषधि, औषधिजन्य उपकरणहरुको उत्पादनदेखि शिक्षण र सेवा प्रदानसम्म ।
जब निजी क्लिनिक र नर्सिङहोमहरु मौलाउ‘दै गए, सरकारलाई पनि सजिलो भयो– उसले ठान्यो आफूले गर्नुपर्ने काम अरुले नै गरिदियो । मारमा परे जनता, जुन चिज निकै सस्तोमा सजिलै उपलब्ध हुनुपर्ने थियो, त्यसलाई चर्को मूल्य तिरेर प्राप्त गर्नुपर्ने भयो । अपर्याप्त दरबन्दी भएका सरकारी संरचनाहरुलाई अपुग तलब
भत्ताले उदासीन र असन्तुष्ट स्वास्थ्यकर्मीहरुले धान्न सकेनन र यिनै भोका नाङ्गा श्रमजीवीहरुलाई थोरै बढी सेवा/ सुविधाको सम्मोहनले तानेर व्यापारीहरुले गुणस्तरीय सेवा भन्दै निजी व्यवसाय सञ्चालन गरे ।
स्वास्थ्य कदापि व्यापार व्यवसाय बन्नु हु‘दैन । यो जनताप्रति देशको दायित्व हो । अहिले सरकारको निस्क्रियता र निकम्मापनले गर्दा जुन अभाव छ , त्यसलाई निजी सेवा प्रदायकहरुले केही पूरा गरेका छन्, त्यो सह्रानीय छ तर प्रत्येक मान्छेको सुस्वास्थ्य, उत्तरदायी सरकारको जिम्मेवारी हो । जसरी आम मान्छेको सुरक्षाका लागि प्रहरी छन्, कतै आगो लागे दमकल आएर निभाउ‘छन्, कतै बाढी पहिरो आए सशस्त्रका उद्धार टोली खटिन्छन् र त्यसका लागि पैसा तिरेर सहयोग गर्ने निजी कम्पनी हु‘दैनन्, स्वास्थ्य पनि त्यस्तै हो । यो कुरा सुन्दा अचम्म लाग्ला, किनकि सबै कुरामा सहनशील हामी नेपाली जनतामा आफ्नो नैसर्गिक अधिकार बुझ्नसक्ने क्षमता पनि हराइसकेको छ । तर कालान्तरमा स्वास्थ्य धनी गरीब सबैका लागि समान, गुणस्तरीय र सर्वसुलभ हुनुपर्छ । यो आजको भोलि सम्भव नहोला तर त्यो दिशामा प्रयास आजैबाट शुरु गर्नुपर्छ ।

 

डा. चिरायु रेग्मी

श्रीगाउ‘ प्राथमिक स्वास्थ्य केन्द्र श्रीगाउ‘, दाङ

Leave a comment