ब्रिहत बाम एकता

Karl-Marx1

रोवटले आफ्नो महाधिवेशन उद्घाटन गरेको एमालेले पार्शब पोष्टरबाट माक्र्स र लेनिनलाई हटायो । अहिले नीतिबाट साम्यवाद हटाउने कुरा गर्दैछ ।

दोस्रो विश्वयुद्धताकाका प्रभावशाली बेलायती प्रधानमन्त्री विन्सटन चर्चिलले भनेका थिए– तिमी बीस वर्षको हु‘दा तिमी यदि कम्युनिष्ट छैनौ भने तिम्रो मुटु छैन र तिमी चालीस पुग्दा पनि तिमी अझै कम्युनिष्ट छौ भने तिम्रो बुद्धि छैन । अर्थात् साम्यवादी सोच र चेतना भावनाको कुरा हो । मान्छे–मान्छेबीचको असमानतालाई देखेर समताको खोजीमा तल्लीन र बिह्वल हुने भावना । भावना मान्छेमा हुन्छ, मान्छे भित्रको स्पन्दनमा । आधुनिकताको आवरणमा रोवटले महाधिवेशनको उद्घाटन गरेर एमालेले भावनात्मक शून्यताको सांकेतिक सम्पे्रेषण पनि गरिसक्यो । तर यो सैद्धान्तिक विचलन मात्र होइन, राजनीतिक मुर्खता पनि हो ।

कार्ल माक्र्सले कुनै पनि समाजको विकासक्रमलाई पॉच कालखण्डमा बॉडेका छन् –(१) घुमन्ते फिरन्ते गुफामा बस्ने, शिकार गर्ने र बॉच्नका लागि मात्र बॉच्ने पशुवत तर स्वतन्त्र आदिम युग, (२) राजा रजौटालाई गरिवपरवर भन्दै आफ्नो दासत्वलाई निर्बिरोध स्वीकारेको दास युग (३) सामन्तवाद (४) प‘ूजीवाद र (५) समाजवाद । हामी अझै बाउबाजेका टुक्रा टुक्रा खेत बिर्तामा पाउ‘छौ र त्यसैलाई अधियामा लगाउ‘छौं । हामी साना–साना तर अझ सामन्तवादी छौं, जहॉ कामको मूल्य छैन या निकै कम छ । अझै पुख्र्यौली सम्पत्ति या धन जो पहिल्यैदेखि छ, त्यसकै महत्व छ र हामी त्यसैमा आश्रित छौं । हाम्रो लागि काम गरिदिने अरु कोही छ या अरबमा कमाएको पैसाले हाम्रो खेत कसैले किनिदिन्छ र त्यही पैसाले हामीलाई पुग्छ । पढ्नुपरेको छैन, खासै काम गर्नुपरेको छैन । हाम्रो देशमा सर्वहारा (नभएकाहरु) र बुर्जुवा (भएकाहरु) उस्तै उस्तै छन् । नभएकाहरु केही गरेर खान्छन्, भएकाहरु केही नगरी खान्छन् । तर त्यही खान्छन् । खान्छन्, अर्थात देशमा उपलब्ध शिक्षा, स्वास्थ्य, सुरक्षा, आवासलगायतका सुविधाहरुको उपयोग गर्छन् । तर देशमा अर्थतन्त्रको कुनै भरपर्दो आधार छैन ।

पु‘जीवादको पूर्वसर्त के हो भने यस संरचनामा कुनै उद्योग व्यवसाय हुनुपर्छ । समग्र देशको अर्थतन्त्रलाई प्रभावित गर्ने बृहत्तर व्यवसाय हुनुपर्छ । त्यसमा ‘भएका’हरुले पू‘जीको लगानी गर्छन् । वस्तुको उत्पादन गर्छन र त्यसलाई बजारमा लगेर बेच्छन् । उनीहरु काम गर्ने श्रमिकहरुलाई तलब सुविधा पनि दिन्छन्, तर त्यो पारिश्रमिक बजारको मूल्यको सानो अंश मात्र हुन्छ । आफैले उत्पादन गरेको वस्तुको केवल ज्याला मात्र प्रप्त गरेर मजदुर, त्यही र त्यस्तै किसिमका सामानहरु चर्को मूल्यमा किन्न बाध्य हुन्छ । अर्कातिर लगानीकर्ता, त्यही लगानीकै बलमा राम्रो नाफा कमाउ‘छ, धेरै क्रियाशीलता या मेहनतबीना । यो नाफा लगानीकर्ताले गरेको व्यवस्थापकीय सेवाबापत पाउने ज्याला नभई प्रारम्भिक पु‘जीको प्रतिफल हो । मजदुरको मिहेनत, किसानको बरकतले भन्दा पु‘जीपतिको पेवाले बढी प्राथमिकता र पुरस्कार पाउ‘छ,  तब धनी झन्झन् धनी बन्दै जान्छन् र गरिब झन्झन् गरिब । काम र कमाइको कुनै तालमेल रह‘दैन । तब संघर्ष हुन्छ, घर्षण हुन्छ यी दुई वर्गको । र अन्त्यमा निर्माण हुन्छ वर्गरहित समाजको । त्यसैको परिकल्पनालाई र योजनालाई भन्दछन्, साम्यवाद ।

 

एउटा परिवारमा श्रीमानले कमाउ‘छ, श्रीमतीले पनि सकेको काम गर्छिन्, कमाउछिन् र खानाको पनि व्यवस्था गर्छिन् । त्यो परिवारमा साना केटोकेटी र बुढा आमा बाबुले कमाउन नसक्लान् । तर जसले कमाउ‘छ उसले आफूले सकेको जति काम गर्छ र आफ्नो परिवारमा आश्रित सदस्यहरुको सबै आवश्यकताहरु पूरा गर्छ । समाजवादले त्यही समुदायको परिकल्पना गर्छ जहॉ एउटा ठूलो सुखी परिवारमा जस्तै सबैले सकेको जति काम गर्छन् र सबैले आफ्नो आवश्यकताअनुसारको स्रोत र सुविधाको उपयोग पनि गर्छन् । यहॉ लोभ हु‘दैन, धन थुपार्ने लालसा हु‘दैन, अभाव हु‘दैन, अन्याय हु‘दैन र कुनै किसिमको विभेद हु‘दैन ।

 

नेकपा माओवादीको रक्तरञ्जित जनयुद्धको उद्देश्य सामन्तवादको यथास्थितिबाट छलाङ्ग मारेर सोझै समाजवादमा प्रवेश गर्ने थियो । तर बामे नसरी दौड्न खोजेको शिशु जसरी पछारिन्छ, असमयमा गरिएको अपरिपक्व आन्दोलन स्खलित भयो र उसले पनि आज कांग्रेस, एमालेले जस्तै सत्ताको राजनीति गर्दैछ । दलीय राजनीतिलाई माक्र्सले निषेध गरेका छैनन् । हामी त्यही प्रश्नहरुको मात्र जवाफ दिन सक्छौ, जो इतिहासले हामीलाई सोधेको छ – तीन शताब्दी अघिको उनको दास क्यापिटलले अहिलेको परिवर्तित विश्व सन्दर्भको प्रत्येक प्रश्नहरुको जवाफ दिन नसक्ला । त्यसैले समयानुकूल दलीय राजनीति गर्नु, प्रतिस्पर्धा गर्नु ग्राह्य मात्र होइन सही पनि हो । तर धर्मलाई समाजको अफिम हो, यसले मान्छेमा विखण्डन र वितृष्णा निम्त्याउ‘छ भनेर नास्तिक बन्ने कम्युनिष्टहरुले सस्तो लोकप्रियताका खातिर जातजातिका नाममा, सम्प्रदायको आधारमा संघीयस्वरुपको परिकल्पना गर्नु पनि कम्युनिष्ट दर्शनप्रतिको घोर अनादर हो । अहिले राष्ट्रियस्तरमै निस्वार्थ र सक्षम नेताहरुको अभाव छ । यो अवस्थामा यदि संघीयता आयो भने पनि राज्यहरुको ठेक्का, बगरका ढुंगा ठेक्कामा लिने ठेकेदारहरुले लिने छन् र राजनीतिक कुशलता एवं आर्थिक संयन्त्रको अनुपस्थितिमा ती साना–साना संघीय राज्यहरु असफल हुनेछन् । दक्षिणतिरका राज्यहरुले बिद्रोह गर्नेछन्, स्वाधिनताको जिकिर गर्ने छन् र युक्रेनबाट क्रिमिया छुट्टिएजस्तै छुट्टिनेछन् । कर्मशील, शिक्षित नेपालीहरु कि चुपचाप जागिर खान्छन् कि विदेश जान्छन् । देश जसको जिम्मामा छ, तिनमा देश बनाउने न त खुबी छ न इच्छाशक्ति ।

 

समाजवादको सबैभन्दा ठूलो दुश्मन पू‘जीवाद होइन, न त विस्तारवाद । यसको ठूलो अपराधी भनेको समाजवादको नाममा राजनीति गर्ने तर आफ्नो निहीत स्वार्थमा मस्त हुने कम्युनिष्ट भनाउ‘दा नेताहरु हुन् । परोक्ष र प्रत्यक्षरुपमा सधै सत्ताका नजिक भएर पनि एमाले, माओवादीलगायतका शीर्ष दलहरुले हाम्रो जीवनस्तरमा खासै परिवर्तन ल्याउन सकेनन् । सबैका लागि शिक्षा र स्वास्थ्यको नीति छ तर सरकारी विद्यालय र अस्पतालहरु संरक्षण र सुपरिवेक्षणको  अभवमा असफल छन् र निजीले प्रश्रय पाएका छन् । भूमिसुधार भएकै छैन, खेतवारीहरु बॉझो र अनुत्पादक छन् । कामको मूल्यलाई उच्च कदर गर्ने भने पनि निकै संस्तोमा हाम्रा जनता विदेशमा श्रम गर्न जान्छन् । देशमा न उद्योगधन्दा छ न अन्य कुनै आर्थिक क्रियाशीलता । न आर्थिक विकासलाई टेवा दिने गरेर पूर्वाधारहरु–बिजुली, सडक, रेल, सामुदायिक कृषि या सीप विकास नै भएको छ । बरु बिर्सिदै जाने र एकीकृत हुनुपर्ने जातजातिजस्ता बिखण्डनका पर्यायहरुलाई दातृ संस्थाहरुको सहयोगमा ब्यु‘ताइदैछ र त्यसैमा गरिदै छ, राजनीति ।

 

यथास्थितिस‘ग निराश र असन्तुष्ट वर्गले विद्रोह गर्छ र प्राकृतिक प्रवाहमा त्यो विद्रोह समाजवादको दिशातिर उन्मुख हुन्छ । यसर्थमा ०७ सालमा विपिले नेतृत्व गरेको राणाशाहीबिरुद्धको विप्लप, ०४६ सालको तानाशाही खिलापको जनआन्दोलन र ०६३ को राजाबिरुद्धको आन्दोलन सबैले समानताको शिखा समातेका थिए । पटकपटकका यस्ता विद्रोह र माओवादी जनयुद्धको प्रभावले पनि शायद विश्वका प्रजातान्त्रिक मुलुकहरुमध्ये सबैभन्दा बढी नेपाली जनतामा कम्युनिष्ट चेतना र सहानुभूति छ । त्यसैले प्रत्येक चुनावमा कम्युनिष्ट भोट बढी खस्छ, तर कम्युनिष्टहरु कहिले एमाले र माले बनेर हार्छन्, कहिले एमाले र माओवादी बनेर हार्छन् । समान विचारधारा बोकेका यी दुई दल एक अर्कालाई भन्दा दक्षिणपन्थी दललाई नजिक ठान्छन् र कार्यगत एकता गर्छन् । आफ्नै नेतृत्वपंक्तिमा झगडा गर्छन् । फुटछन् र हार्छन् । अनि सर्वाधिकार अरुलाई सुम्पिन्छन् । दोष नेताहरुको हो– जसले जनता र सिद्धान्तका पछि लागेका कार्यकर्ताको भावनाप्रति न्याय गर्न सकेका छैनन् ।तर यो वाम  उर्जा र उद्वेगलाई एकाकार गरेर नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व यदि कसैले गर्छ भने पथभ्रष्ट, विमुख र विचलित भएका साना ठूला सबै दलहरु त्यही प्रवाहमा समाहित हुनेछन् र माक्र्सको आधारशीलामा एउटा विकसित र समुन्नत सुखी समाजको निर्माण हुनेछ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s